site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा बलात्कारको समाचार बनाउने क्रममा पक्राउ परेका पत्रकार रिहा
Tiktok banner adTiktok banner ad

नयाँ दिल्ली । एउटा बलात्कारको घटनासम्बन्धी समाचार संकलन गर्न जानेक्रममा पक्राउ परेर जेल परेका भारतीय पत्रकार सिद्धिकी कप्पान दुई वर्ष भन्दा लामो समयपछि कारागार मुक्त भएका छन् ।

उनी सन् २०२० को अक्टोबरमा उत्तर प्रदेश राज्यमा गिरफतारीमा परेका थिए । त्यहाँ चारजना माथिल्लो जातका चार जना पुरुषद्वारा भएको बलात्कारपछि एकजना दलित युवतीको ज्यान गएको थियो ।

यस घटनाको कारण भारतभरि विरोध प्रदर्शन सुरु भएको थियो । प्रहरीले काप्पनविरुद्ध नियम कानुनलाई समस्यामा पार्न खोजेको तथा हिंसा भड्काउन खोजेको आरोप लगाएको थियो । तर उनले सो आरोप अस्वीकार गरेका थिए ।

त्यो दिन कारमा उनको साथ रहेका अन्य तीनजना पुरुष माथि पनि सोही अपराधको अभियोग लगाइएको थियो । काप्पनविरुद्ध दुईवटा मुद्दा चलाइएकोमा गत सेप्टेम्बरमा भारतको सर्वोच्च अदालतले उनको एउटा मुद्दामा जमानत स्वीकृत गरेको थियो ।  

त्यसपछि अल्लाहबादको उच्च अदालतले उनलाई गत डिसेम्बरमा दोस्रो मुद्दामा पनि जमानत स्वीकृत गरेको थियो । तर, प्रक्रियागत ढिलाइका कारण उनलाई कारागारमुक्त गर्न एक महिना भन्दा बढी ढिलो भएको हो । बिहीबार लखनउ सहरको कारगारबाट निस्कने क्रममा काप्पनले आफूविरुद्ध लगाइएका अभियोगहरूविरुद्ध निरन्तर लडाइँ जारी राख्ने बताएका छन् । साथै उनले आफ्नो पत्रकारिता पेसालाई पनि जारी राख्ने बताएका छन् ।  

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  २२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro