

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृतमा पुनः गणेशराज पोखरेल नियुक्त भएका छन् ।
बैंकको बुधबार बसेको ४११ औं संचालक समितिको बैंठकले आगामी चार वर्षको लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।
पोखरेलले स्थापनाकाल देखिनै बैंकसँग आवद्ध भई विभिन्न ओहदामा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए ।साथै २०६५ साल देखिनै दोस्रो वरियतामा रही बैंकमा कार्य सम्पादन गर्दै आएका थिए ।
उनको पहिलो चार बर्षे कार्यकालमा बैंकको निक्षेप औषतमा वार्षिक २६.०४ प्रतिशत वृद्धि गरी हाल १६१.४५ अर्ब पुगेको छ । भने कर्जा औषतमा वार्षिक २३.६२ प्रतिशत बृद्धि गरी हाल १४२.५४ अर्ब रूपैयाँ र चुक्तापूँजी १४.२० अर्ब रूपैयाँ पुगेकोे छ ।
त्यसैगरी खुद नाफा चार वर्षमा औषतमा वार्षिक १२.९१ प्रतिशत बृद्धि भई आर्थिक वर्षमा २०७८÷७९ मा दुई अर्ब रूपैयाँ पुगेको छ ।