site stats
खेल
सर्लाहीमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका–१६, सीतापुर कटानीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

हिजो साँझ करिब ६ बजे प्रदेश २–०३–००१ त ६५५५ नम्बरको ट्याक्टरले शिव इँटा उद्योगका कामदार भारतीय नागरिक शंकर छाउनीका अन्दाजी ६ वर्षीय छोरा हेमन्तलाई ठक्कर दिएको थियो ।

S.A.U
Agani Group

ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा हरिवनस्थित लिलावती अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मुर्तियाले जनाएको छ ।

Global bank

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ०९:२२
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय