site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अग्रता बढाउँदै बार्सिलोना 
Tiktok banner adTiktok banner ad

काठमाडौं । रोबर्ट लेवानडोवस्की र राफिन्हाले गरेको गोलमा बार्सिलोनाले बुधबार राति स्पेनिस ला लिगामा रियाल बेटिसलाई २–१ ले हराएको छ । जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा आठ अंकको अग्रता लिन सफल भएको छ ।

सबै खाले प्रतियोगितामा गरी पछिल्ला १४ खेलमा अपराजित बार्सिलोनाले ला लिगामा लगातार चार खेलमा जित निकाल्न सफल भएको छ । योसँगै क्याटलान क्लब बार्सिलोनाले उपाधि होडमा चिरप्रतिद्वन्द्वी रियाल मड्रिडमाथि दबाब बढाएको छ ।

बार्सिलोनाले १९ खेलबाट ५० अंक जोडेको छ । रियालले १८ खेलबाट ४२ अंक जोडेको छ । रियालले बिहीबार राति भ्यालेन्सियाविरुद्ध खेल्दै छ । पराजित रियाल बेटिस ३१ अंकका साथ छैटौँ स्थानमा छ ।

‘‘हामीले उत्कृष्ट प्रदर्शन गर्न सफल भयौँ,’’ बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले भने, ‘‘यो महत्त्वपूर्ण खेलमध्येको एक थियो । यो नतिजाबाट म खुसी छु । तथापि, अझै सुधार गर्नुपर्ने ठाउँहरू छन् ।’’

पाहुना टोली बार्सिलोनाले ६५औँ मिनेटमा राफिन्हाको गोलबाट अग्रता लिएको थियो । ८०औँ मिनेटमा लेवानडोवस्कीको अग्रता दोब्बर बनाए । तीन खेल निलम्बनमा रहेर फर्किएका लेवानडोवस्कीको जारी लिगमा यो १४औँ गोल हो ।

८५औँ मिनेटमा बार्सिलोनाका रक्षक जुलेस कौन्डेले आत्मघाती गोल गरे । इन्ज्युरी समयमा रियाल बेटिसका विलियम कार्भाल्होले रातो कार्डको सामना गरेपछि रियाल बेटिसले १० खेलाडीमा सीमित भएर खेलको अन्त्य गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ०९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro