site stats
साहित्य
लघुकथा समाजले गर्‍यो दुई सम्मानको घोषणा

काठमाडौं । लघुकथा समाज नेपालले बर्सेनि प्रदान गर्दै आएको दुई सम्मानको घोषणा गरेको छ ।

समाजको शनिबार काठमाडौंमा बसेको कार्यसमितिको बैठकबाट ‘सावित्री–केशर कथा सम्मान–२०७९’ कथाकार बाबा न्यौपाने (वामनप्रसाद न्यौपाने)लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

S.A.U
Agani Group

यस्तै, ‘बाटुली–खिलध्वज लघुकथा सम्मान–२०७९’ पोखराका लघुकथाकार कल्याण पन्तलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

यी दुवै सम्मान आउँदो फागुनको पहिलो साता प्रदान गरिने लघुकथा समाजले जनाएको छ ।

Global bank

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय