site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कृसु क्षेत्रीका तीन कविता 
Tiktok banner adTiktok banner ad

गठबन्धन 
जो बसे पनि नांगिनैपर्ने 
जति चढे पनि झर्नैपर्ने 
अन्धो 
बहिरो 
लाटो बन्नुपर्ने
बैसाखी टेक्नुपर्ने 

अनुहारमा कालो पोतिएकै हुन्छ 
फोहोरको दलदलमा जोतिएकै हुन्छ 
बरु मिलेरै गरौँ न 
प्रेम 
झगडा 
सेक्स
सुहागरात
र, डिभोर्स पनि

हल्ला गरौँ
चर्चा फैलाऔँ 
आफैँलाई उठाऔँ 
पछारौँ, भित्तामा पुर्याऔँ 
नांगेझार पारौँ

बेलाबेलामा कपडाले ढाकौँ 
धेरैजसो सडकमा नांगै कुदौँ 
के हामी भुवन केसीजस्तो 
सदाबहार हुन सक्दैनौँ ?

 

भ्रम निवारण 
हामी कविहरू खुसी छौँ हजुर 
सारै खुसी 
खुसी हुनलाई 
आकाशै खस्न पनि पर्दो रहेनछ त

खुसी यसै पनि भइने रहेछ 
जब सबैले आशा गरेका
भरोसा गरेका सेलिब्रिटी नेताहरू
रोम जलिरहँदा
कुनै अर्थहीन फेस्टिवलमा रमाउँदा रहेछन् 
कविताको रसास्वादनमा ।  
(कविता प्रसंग गगन थापाजी र विश्वप्रकाश शर्माजीसँग सम्बन्धित नरहेको ।)

 

कवि
उसलाई एक दिन आर्थिक संकट पर्यो
र, मेरो दैलो ढकढकायो
मैले उसलाई मेरो बलबुताले सक्दो सहयोग गरेँ

उसलाई एक दिन नैतिक संकट पर्यो 
र, मेरो परिवेश चिहायो 
मैले उसलाई आफ्नै प्रतिष्ठा दाउमा राखेर जोगाएँ 

उसलाई एक दिन शब्दको खडेरी पर्यो
र, उसले मेरो सिर्जनामा आँखा लगायो
मैले उसलाई आफ्ना पाण्डुलिपि हस्तान्तरण गरेँ

ऊ अहिले चर्चित कवि भएको छ
र, भरखरै दिएको अन्तर्वार्तामा
उसले मलाई बेइमानको उपाधि दिएको छ 
सबैभन्दा दुःखको कुरा त 
मेरो पाण्डुलिपि हुबहु आफ्नै नाममा छापेर 
मलाई चोरीको आरोप लगाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  ०८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro