site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महाकालीमा तुइनबाट खसेर बालक बेपत्ता
सांकेतिक तस्बिर
Tiktok banner adTiktok banner ad

डडेलधुरा । दार्चुलास्थित महाकाली नदीमा रहेको तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन् । जिल्लाको व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा स्थानीय १० वर्षीय बालक दीपक बिष्ट खसेर बेपत्ता भएका हुन् ।

गाउँपालिका उपाध्यक्ष विनोद कुवरका अनुसार ती बालक नेपालबाट भारत जाने क्रममा बिहीबार बेपत्ता भएका हुन् ।

“आमाको पछाडि लागेर ती बालक पनि गएका रहेछन्,”  उनले भने, “अहिले उनकी आमालाई भेट्न गइरहेका छौँ ।”  

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरले भने यसबारे भर्खरै अपुष्ट खबर आएको बताउँदै घटनास्थलमा प्रहरी पठाइएको जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro