site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जब देउवाले पूर्णबहादुर र प्रकाशमानको विकल्पमा निधि र महतलाई खटाए...
Ghorahi CementGhorahi Cement

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री दिने ‘जेन्टलमेन्ट’ एग्रिमेन्ट पालना हुन नसक्दा सत्ता गठबन्धन बदलिएको भन्दै कांग्रेसमा नेतृत्वको चर्को आलोचना सुरु भएको छ । 

प्रतिपक्षमा रहेको नेकपा एमाले ‘किङ मेकर’को भूमिकामा आएको छ भने सत्तामा रहेर ‘किङ मेकर’को भूमिका पाएका देउवा प्रतिपक्षको भूमिकामा पुगेका छन् । 

प्रधानमन्त्रीमा शपथ खाएर देशको ४४औं प्रधनमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालको सुरुवात गरेका छन् ।

Agni Group

अनि छैटौँपटक प्रधानमन्त्री बन्ने दौडमा प्रचण्डसँग गरेको सहमति पालना नगर्दा प्रतिपक्षको भूमिकामा पुगेका शेरबहादुुर देउवा भने नयाँ निवासमो खोजीमा पुगेका छन् ।

राजनीति एकाएक ‘यू टर्न’मा पुग्नुको मुख्य कारक भने देउवा नै बनेका छन् ।

Global Ime bank

उनलाई प्रचण्डसँग गरेको सहमति कार्यान्वयन नगर्न र सांसदहरु जम्मा गरेर हस्ताक्षर गराएर आफैँ प्रधानमन्त्रीको दावेदार बनाउनमा प्रधनमन्त्री पत्नी आरजु राणा देउवा योजनाकारका रुपमा अघि सरेपछि पार्टीमा समस्या निम्तिएको छ ।

यसबीचमा देउवाले आफ्नै भनिएकाहरुबाट धोका पाउँदा उनी ‘सोच्दै नसोचेको दुर्घटना खेप्न बाध्य’ भएको उनी निकट नेताहरु बताउँछन् । 

देउवाले सुरुवाति चरणमा प्रचण्डसँग वार्ता गर्न खटाएका पात्र हुन्– उपसभापति पूर्णबहादुर खड्का । 

खासगरी कांग्रेसका बाहेकका गठबन्धनसहित एमाले अध्यक्षसम्म देउवाको सन्देश पु¥याउने र सहकार्यका लागि हात बढाउने जिम्मेवारी उनले पाएका थिए । 

त्यसबेला खड्कालाई देउवाले दिएको जिम्मेवारी थियो –माओवादी अध्यक्ष प्रचण्डलाई दोस्रो कार्यकालका लागि सहमत गराएर प्रधानमन्त्रीमा देउवाको निरन्तरता सुनिश्चित गर्नु । 

तर, खड्काले त्यो काम गरेनन् भन्ने सूचना देउवालाई आयो । 

जुन कुरा अन्तिममा गठबन्धन जोगाउन प्रचण्डलाई नै प्रधानमन्त्री बनाउनुपर्छ भन्ने खड्काको अडानले बालुवाटारको ‘किचन क्याबिनेट’ले प्रमाणित पनि ग¥यो । 

अन्तिम घडीमा बालुवाटारमा देउवाको ‘किचन क्याबिनेट’ नै विभाजित भयो । 

पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, रामचन्द्र पौडेलसहित गठबन्धन जोगाउन प्रधानमन्त्री प्रचण्डलाई नै बनाउनुपर्ने पक्षमा उभिए भने आरजु राणा, प्रकाश शरण महत, एनपी साउदसहितका नेताहरु प्रचण्डलाई प्रधानमन्त्री दिन नहुने बरु गठबन्धनबाट प्रचण्डलाई बिदा दिएर भए पनि प्रधानमन्त्री शेरबहादुरु देउवा नै बन्नुपर्ने पक्षमा उभिए । 

आरजुले त्यसका लागि एमालेका नेताहरुसँग पनि कुराकानी गरेको र बालुवाटारमा सांसद भेला गरेर दबाब दिन अनुरोध गरेको एक नेता बताउँछन् ।

देउवालाई आफ्नैको धोका 

देउवाले सहयोगको हात बढाउन पठाएका पूर्णबहादुर खड्का र प्रकाशमान सिंहले प्रचण्डलाई प्रधानमन्त्रीमा देउवालाई सहयोग गर्नुको सट्टा प्रधानमन्त्रीको दाबी नछोड्न र आफ्नो पार्टीबाट सरकारको नेतृत्वसहित आउन सहजकर्ताको भूमिका निर्वाह गरिदिन आग्रह गरेको बुझाइ बालुवाटारको छ । 

उनीहरुले सरकारमा आफ्नो नेतृत्व सुनिश्चित गर्ने र पार्टी राजनीतिबाट बिदा हुँदै गरेका देउवाको लिगेसीसहित पार्टी नेतृत्व आफूले लिने बुझाईमा उनीहरु पुगेको निष्कर्षपछि देउवाले गठबन्धनका प्रचण्ड र एमालेसँग समझदारीका लागि पात्र परिवर्तन गरेको स्रोत बताउँछ ।

खड्काको ठाउँमा आफ्ना पुराना विश्वासपात्र विमलेन्द्र निधिलाई ल्याएका थिए भने सिंहको ठाउँमा आफ्ना निकटस्थ प्रकाशशरण महतलाई परिचालिन गरेका थिए । 

आफ्नो मन्त्रिपरिषद्का विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीलाई भने राष्ट्रपतिसँग समन्वयको जिम्मेवारी दिएका थिए । 

कार्कीले राष्ट्रपतिसँग धारा ७६ (२)को प्रधानमन्त्रीका लागि थप आह्वान नगर्ने र धारा ७६(३)अनुसार देउवालाई नियुक्ति सोमबार नै गर्ने समझदारी भएको खबर देउवालाई दिएका थिए । 

देउवा भने प्रचण्ड दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बस्न नमानेमा धारा ७६(२)का लागि आह्वान गरेको अवधि कटाउने तयारीमा थिए । 

देउवाले त्यसबाहेकको ‘ट्रयाक टु’ रणनीति बनाएका थिए– एमाले कांग्रेसको गठबन्धन सरकार । 

त्यसका लागि एमालेले पनि धेरै अघिदेखि नै प्रयास गरेको थियो ।

‘कांग्रेस एक्लैले सरकार बनाओस् हामी विश्वासको मत दिएर सरकारमा सहभागी नभइकन पनि साथ दिन तयार छौं’ भन्ने सन्देश एमालेले पठाइरहेको थियो ।

देउवाले केपी शर्मा ओली र प्रचण्ड दुवैसँग निधिमार्फत् विश्वासको वातावरण निर्माणको प्रयास गरेका थिए । 

निधिले ओली सरकारात्मक रहेको खबर दिए भने प्रचण्ड अस्थिर बनिरहेको यथार्थ जानकारी पनि दिएका थिए । 

निधि पनि ओलीले प्रचण्डलाई साथ नदिने भएकाले प्रचण्ड भड्किएमा कांग्रेस एमाले गठबन्धन हुनेमा विश्वस्त देखिएका थिए । 

स्वयम् प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्ने सहमति पालना गर्नुपर्ने पक्षमा रहेका पूर्णबहादुर खड्का पनि एमाले–माओवादी गठबन्धन सम्भव देखिरहेका थिएनन् । 

त्यसैले उनी बालुवाटार बैठकबाट पौने १ बजे दाहाल निस्किएपछि पनि ‘प्रचण्ड खाना खाएर बालुवाटार फर्कने’ विश्वास मिडियासामु पस्किरहेका थिए । 

“प्रचण्डजी गठबन्धन छोडेर जानुभएको होइन । उहाँ खाना खान जानुभएको हो । केहीबेरमा फर्कनुहुन्छ,” खड्काले बाह्रखरीसँग भनेका थिए, “यसपछिको बैठकबाट सहमतिमै निर्णय हुन्छ ।” 

उनको आत्मविश्वास दुई घण्टा पनि टिक्न सकेन । 

संरचार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्की त कहिले सहमति गर्नुहुन्छ भन्ने संचारकर्मीको प्रश्नमा झोँक्किएर जवाफ दिएका थिए –सहमति भइसकेको भए त तपाइँले प्रश्नै सोध्नुपर्ने थिएन । समयको पावन्दी त हामीलाई पनि थाहा होला नि !” 

तर, प्रचण्डले एमाले अध्यक्ष ओलीसँगको समझदारीको सुइको पाइसकेका थिए ।  कांग्रेसमाझ ओलीसँगको गोप्य सहमतिको सूचना मन्त्री कार्कीबाटै चुहिएको आशंका गरेका छन् । 

मन्त्री कार्कीले राष्ट्रपतिसँग सूचना चुहाउँदा देउवा चिप्लिएको उनीहरुको बुझाई छ । 

कतिसम्म भने देउवाको किचन क्याबिनेटका एक सदस्यले प्रचण्ड अस्थिरमात्र नभएर ‘खतरनाक खेलाडी’ भएकाले उनको नेतृत्वमा सरकार बन्ने अवस्था रोक्नुपर्ने बताएका थिए । 

त्यसका लागि उनले राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग समझदारी कायम गर्दै निश्चित मन्त्रालयमा सहमति गर्नुपर्ने बताएका थिए । 

उनले शनिबार अबेरसम्म रास्वपाका नेताहरुलाई भेट्न पर्खाएका पनि थिए । तर देउवाको ‘किचन क्याबिनेट’ले साना पार्टीहरुसँगको डिल प्रभावकारी नहुने निष्कर्ष निकाल्यो । 

सके प्रचण्डलाई दोस्रो कार्यकालका लागि सहमत गराउने प्रधानमन्त्री र राष्ट्रपति दुवै पद आफैँले लिने नसके एमालेसँग गठबन्धन गरेर शक्ति बाँडफाँट गर्ने बाटो उपयुक्त ठहर गरेको थियो ।

रास्वपासँग वार्ता भएन, जसपासँग त संवादसम्म पनि भएन ।  यसबीचमा एमालेसँको सहमति कार्यान्वयनको जिम्मा प्रकाशशरण महतले पाए । 

उनी ओली निवास पुग्नेदेखि निरन्तर संवादमा रहे त्यो पनि गोप्य रुपमा ।  निधिले उच्च तहका नेताहरुसँगको संवादसहित कूटनीतिज्ञहरुसँगको संवाद अघि बढाए भने ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिसँग समन्वय गर्दै एमाले कांग्रेस सहकार्यका लागि वातवरण बनेको निस्कर्ष सुनाए । 

यी सबै तयारी भएपछि प्रचण्ड जहाँ गए पनि सरकार आफ्नो बन्नेमा देउवा ढुक्क थिए ।  त्यसैले प्रचण्ड बालुवाटार बैठकबाट असन्तुष्टिसहित बाहिरिँँदा पनि देउवा ढुक्क भएर बसेका थिए । 

ढिलोगरी एमालेसँग बैठकको तयारी गरेका देउवा आइतबार नै सहमतिको प्रस्ताव पेश गर्ने वा सोमबार पछि धारा ७६(३)को प्रक्रिया सुरु गर्ने र एमाले कांग्रेस सहकार्य अघि बढाउनेमा ढुक्क देखिएका थिए । 

एमाले बाल्वाटार आउने भनेको समयसँगै बालकोटबाट प्रधानमन्त्रीमा प्रचण्डलाई अघि बढाउने निर्णय सार्वजनिक भएपछि मात्र देउवा झस्किएका थिए ।

आफ्नै मातहतमा राष्ट्रिय अनुसन्धान विभाग भए पनि बहालवाला प्रधानमन्त्री हुँदा देउवा सूचनाविहीन बनेको भन्दै कांग्रेसमा आलोचना भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  ११:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC