site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाह्रखरी गल्फ र आर्थिक समृद्धि सम्मेलन भोलिदेखि 
Ghorahi CementGhorahi Cement

विराटनगर । प्रदेश नम्बर–१ को आर्थिक समृद्धिका लागि आयोजना गरिएका बाह्रखरी गल्फ, इकोनोमिक समिट र योङ आन्टरप्रिनुअर्स कन्क्लेभको तयारी पूरा भएको छ । शुक्रबार बिहान धरानस्थित गल्फ कोर्समा प्रधानसेनापति प्रभुराम शर्माले पाँचौँ कर्पोरेट गल्फ प्रतियोगिताको उद्घाटन गर्नेछन् ।

शुक्रबार अपराह्न इटहरीमा योङ आन्टरप्रिनुअर्स कन्क्लेभ हुँदै छ । जसको पनि सम्पूर्ण तयारी पूरा भइसकेको छ । योङ आन्टरप्रिनुअर्स मिट २०२२ मा युवा उद्यमीका समस्या, यस क्षेत्रमा उदाउँदै गरेका युवाहरूको योजनालगायत विषयमा छलफल हुनेछ ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरञ्जन श्रेष्ठ, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, आईएमईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन पोखरेल, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेललगायत व्यक्तिले सम्बोधन गर्नेछन् ।

Agni Group

त्यसैगरी, शनिबार बिहान बाह्रखरी मिडिया र उद्योग संगठन मोरङको सहकार्यमा इकोनोमिक समिट आयोजना गरिएको छ । इकोनोमिक समिटमा प्रदेश–१ को समृद्धिको मार्गचित्रसहितका कार्यपत्र प्रस्तुत गरिनेछ ।

इकोनोमिक समिटमा संघीय अर्थमन्त्री जनार्दन शर्मा, प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, प्रदेश सरकारका मन्त्रीहरू, विराटनगर महानगरकापालिकाका मेयर, संघीय राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, संघीय अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठलगायत प्रतिष्ठित उद्योगी–व्यवसायी, प्रमुख राष्ट्रिय मिडियाका प्रधानसम्पादक, युवा उद्यमी, पत्रकार, गल्फ खेलाडीलगायत सहभागी हुनेछन् ।

Global Ime bank

शनिबार बिहान विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा हुन लागेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।

“शनिबार बिहान इकोनोमिक समिटको सम्पूर्ण तयारी पूरा भएको छ,” उनले भने, “हाम्रो कार्यक्रममा विशिष्ट पाहुनाहरूको सहभागिता रहनेछ । करिब तीन सय पाहुनालाई इकोनोमिक समिटमा स्वागत गर्न हामी आतुर छौँ ।”

बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले प्रदेश–१ को आर्थिक समृद्धिका लागि आयोजना गरिएका बाह्रखरी गल्फ, योङ आन्टरप्रिनुर्स कन्क्लेभ र इकोनोमिक समिटको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

“हाम्रो सम्पूर्ण तयारी पूरा भएको छ,” उनले भने, “शुक्रबार बिहान गल्फको उद्घाटनका लागि प्रधानसेनापति प्रभुराम शर्मा बेलुकासम्म इटहरी आइपुग्नुहुनेछ । इकोनोमिक समिटमा सहभागिताका लागि अर्थमन्त्री जनार्दन शर्मा, योजना आयोगका उपाध्यक्षलगायत विशिष्ठ अतिथिहरू शुक्रबारसम्म विराटनगर आइपुग्नुहुनेछ ।”

गभर्नर अधिकारी भने बिहीबार बेलुका नै विराटनगर आइपुग्नेछन् । बिहीबारदेखि नै काठमाडौंबाट गल्फर, उद्योगी, व्यवसायीलगायत पाहुना विराटनगर आइपुग्दै छन् ।

गल्फ खेलको माध्यमबाट आर्थिक र सामाजिक सचेतना अभिवृद्धि गराउन देशका फरक–फरक स्थानमा कर्पोरेट गल्फ गर्दै आएको बाह्रखरी मिडियाले यो वर्षको एनसेल बाह्रखरी गल्फ प्रतियोगिता धरान, सुनसरीमा शुक्रबारदेखि आयोजना गरिएको बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले जानकारी दिए ।

शुक्रबारदेखि हुने प्रतियोगितामा धरान, काठमाडौं, पोखरा, विराटनगर, वीरगन्ज, चितवन, भैरहवा, नेपालगन्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीले प्रतिस्पर्धा गर्ने आचार्यले जानकारी दिए । धरानमा हुने गल्फमा सय बढी कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा प्रतिस्पर्धा गर्ने पनि उनले जानकारी दिए ।

प्रतियोगिताका अल–राउन्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरूप प्राप्त गर्नेछन् । साथै, अरू विजयी खेलाडीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, होल इन वन गर्ने खेलाडीलाई हुन्ड्याई ग्रान्ड आइटेन नियोस उपहार राखिएको छ ।

योङ आन्टरप्रिनुअर्स कन्क्लेभ र इकोनोमिक समिटअघि यस प्रदेशका महत्त्वपूर्ण क्षेत्र उदयपुर, धनकुटा, इलाम र झापामा यस क्षेत्रका समस्या, आवश्यकता र नीतिगत सुधारसहित समग्र प्रदेशको समृद्धिका विषयहरूमा राउन्ड टेबल गरिएको थियो ।

बाह्रखरी मिडिया नेपालको एक प्रमुख सञ्चारमाध्यमका रूपमा स्थापित संस्था हो । बाह्रखरी मिडियाले विश्वसनीय, भरपर्दोसहित चाँडो सूचना र समाचार पाठकसामु ल्याउनुका साथै आफ्नो सामाजिक उत्तरदायित्वका कार्यहरू पनि गर्दै आएको छ ।

बाह्रखरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको गल्फ प्रतियोगितामा एनसेलले गल्फ खेलको माध्यमबाट देशको आर्थिक, सामाजिक र पर्यटनलगायत क्षेत्रको विकासमा योगदान पुर्‍याउन प्रमुख प्रायोजकका रूपमा विगत तीन वर्षदेखि सहकार्य गर्दै आएको छ । यो वर्षको गल्फ प्रतियोगितामा गल्फ खेलाडीसहित करिब पाँच सय पाहुना धरानमा सम्मिलित हुनेछन् ।

एनसेल बाह्रखरी गल्फमा प्रदेश–१ सरकार, उद्योग संगठन मोरङ, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, नेपाल पर्यटन बोर्ड, प्रभु बैंक, द ग्लेन लिभेट सिंगल मल्ट, गोर्खा ब्रुअरी, आईएमई, भाटभटेनी सुपरमार्केट, हुन्ड्याइ मोटर्स, शिखर इन्स्योरेन्स, बीएमडब्ल्यू र डिशहोम फाइबरनेटको सहयोग रहेको आचार्यले जानकारी दिए ।

“यस प्रदेशको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा यसपटक प्रदेश–१ सरकार, उद्योग संगठन मोरङ, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिकासँग पनि सहकार्य गर्न पाउँदा हामीलाई हर्ष लागेको छ,” उनले भने ।

कोभिड–१९ ले पर्यटन क्षेत्रलाई आक्रान्त पारेको अवस्थामा बाह्रखरीले गत वर्ष पर्यटकीय राजधानी पोखराको पर्यटनमा नवीन ऊर्जा सञ्चार गराउने उद्देश्यले एनसेल बाह्रखरी गल्फ आयोजना गरेको थियो । त्यस प्रतियोगिताले सम्पूर्ण पर्यटन क्षेत्रलाई नै उत्साहित र सकारात्मक गति प्रदान गरेको थियो ।

बाह्रखरी मिडिया हाउसले दुई वर्षअघि यसै प्रदेशमा अवस्थित सगरमाथा क्षेत्रमा एनसेल बाह्रखरी गल्फ आयोजना गरेको थियो । सो प्रतियोगिता विश्वकै सबैभन्दा उचाइ (४२५० मिटर)मा गरिएको पहिलो प्रतियोगिता थियो, जसको समाचार विश्वका दुई सय बढी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सम्प्रेषण गरेका थिए । अमेरिकाबाट प्रकाशित हुने संसारकै सर्वोत्कृष्ट म्यागेजिन गल्फ डाइजेस्टले यो समाचारलाई कभरसहित ८ पेजमा विस्तृत विवरण प्रकाशित गरेको थियो ।

धरानमा हुने प्रतियोगिता पाँचौँ कर्पोरेट गल्फ प्रतियोगिता हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC