पुनर्निर्माण
काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माण प्राविधिक निरीक्षण कार्यविधि, २०७३ तयार पारेको छ ।
भूकम्पबाट क्षति भएका निजी घरको पुनःनिर्माण, प्रबलीकरण तथा मर्मत गर्नु पर्ने संरचना भूकम्प प्रतिरोधात्मक बनाउनका लागि सिफारिश गरिएको प्राविधिक ढाँचा, स्तर, सोको डिजाइन र निर्माणमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर यकिन गर्न निरीक्षण कार्यविधि तयार पारिएको हो ।
पुनःनिर्माण कार्यमा खटिएका प्राविधिकहरुका लागि निरीक्षणको एकीकृत प्रक्रिया तोक्न आवश्यक भएकाले पनि निरीक्षण कार्यविधि तयार पारिएको प्राधिकरणले जनाएको छ । कार्यविधिमा निजी आवास पुनःनिर्माण कार्यक्रम अन्तर्गत बन्ने घरहरुको निर्माण निरीक्षण प्रक्रिया उल्लेख गरिएको छ । जसमा नक्सा पास प्रक्रिया, प्लिन्थ तहसम्मको निर्माण कार्यको निरीक्षण, प्लिन्थ तहभन्दा माथीको निर्माण कार्यको निरीक्षण प्रक्रिया समावेश गरिएको छ ।
घर पुनःनिर्माण कार्य सम्पन्नताको निरीक्षण, प्रबलीकरण/मर्मत सम्भार कार्यको निरीक्षण, तेस्रो पक्षबाट प्राविधिक अनुगमन, अनुदान सम्झौता अगावै पुनःनिर्माण भएका घरहरुको निरीक्षण प्रक्रिया लगायतबारे पनि कार्यविधिमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३ १३:४३
प्रतिक्रिया दिनुहोस्