site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नयाँ वर्षमा काठमाडौंमा मेलम्चिको पानी पुर्याउँः प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको निरिक्षण भ्रमण गरेका छन् । उनले सो आयोजनाको सुरुङ्मार्ग सुरु भएको स्थल हेलम्बु १ अम्बाथानको निरिक्षण भ्रमण गरेका हुन् ।
२०५५ सालबाट निर्माण सुरु भएको थियो । आयोजनाको कुल लागत २८७.५ मिलियन डलर रहेको छ । जसमा नेपाल सरकारले ९०.३ मिलियन डलर,एशियाली विकास बैंकले १०३.५ मिलियन डलर, जाईकाले १८ मिलियन डलर,ओपेकले १३.७ मिलियन डलर,जेविकले ४७.५ मिलियान डलर, र एनडिएफले १०.५ मिलियन डलर अनुदान तथा ऋण सहयोग गरेका छन् ।
कहाँ पुग्यो आयोजनाको काम ?
यस आयोजनाले पहिलो चरणमा ३ स्थानमा गरी २१.१ किमि अडिट प्रवेशमार्ग निर्माण गरेको छ । सिन्धुकोट अडिट प्रवेशमार्ग अन्तरगत बाहुनेपाटीदेखि सिन्धुकोट अडिटसम्म १४.३ किमि सडक खनिएको छ । त्यस्तै ग्याल्थुम अडिट प्रवेशमार्ग अन्तरगत सेरादेखि ग्याल्थुम अडिटसम्म ४.२ किमि र सुन्दरीजल अडिट प्रवेशमार्ग अन्तरगत काठमाडौको सुन्दरीजल बजारदेखि आउटलेट पोर्टलसम्म १.६ किमि सडक खनिएको हो । सडक बिस्तार भएसँगै आयोजना र स्थानियवासिको आवत जावतमा सहज भएको छ ।
हेलम्बुको अम्बाथानदेखि काठमाडौको सुन्दरीजलसम्मको जम्मा २७.५८४ किमिमध्ये हालसम्म १९.८८ किमि टनेल खनिसकिएको छ । यो आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम मिति २०७३ असोज भएपनि आन्तरिक म्याद ६ महिना थपेर २०७३ चैतमा पु¥याइएको हो । विभिन्न कठिनाईका कारण उक्त मितिमा आयोजना सम्पन्न हुन नसक्ने मेलम्ची खानेपानी आयोजनाले बताएको छ । भारतको नाकाबन्दी र त्यसपछी सुरु भएको इन्धनको अभावले आयोजनाको काम समयमै सिध्याउन नसकिएकीएको हो । सुरुङ खन्नुपर्ने कुल लम्बाईमध्य अब ७.७० (२२.२ प्रतिशत) किमि लम्बाई बाँकी रहेको छ । यो खानेपानी आयोजना सम्पन्न भएपछि सिन्धुपाल्चोको ३५ गाविस र काभ्रेको ५ गाविस सहित १ लाख ३० हजार जनसंख्या लाभान्वित हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । वार्षिक ३ अर्ब ३६ करोड २३ लाख ७७ हजार रुपैयाँ खर्च गरिरहेको आयोजनाको दैनिक पानी प्रशोधन क्षमता १७ करोड लिटर रहने छ ।
यसैबीच मेलम्ची खानेपानी आयोजनाको निरीक्षण भ्रमणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षसम्ममा मेलम्चीको पानी काठमाडौं पु¥याउन निर्देशन दिएका छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७३  १९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय