site stats
बाह्रखरी :: Baahrakhari
राजनीति

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७१ औँ महासभामा भाग लिने सिलसिलामा अमेरिकाको न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रसङ्घको प्रधान कार्यालयमा आयोजित शरणार्थी तथा आप्रवासीसम्बन्धी उच्चस्तरीय बैठकमा भाग लिएकाे राससले जनाएकाे छ । उनले दिगो विकास प्राप्तिसम्बन्धी सन् २०३० का दिगो विकासका लक्ष्य हासिल गर्न राष्ट्रका आ–आफ्ना नीति प्राथमिकतामा जोड दिनुपर्ने बताएका छन्।  

बहुआयामिक समस्याका रुपमा रहेको शरणार्थी समस्यालाई प्रभावकारी रुपमा त्यसको समग्रतामा पुगेर समाधान गर्नुपर्नेमा मन्त्री महतले जोड दिनुभएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।सबै आप्रवासी शरणार्थी होइनन् भन्दै उनले स्पष्ट पहिचान गरेर मात्र सम्बन्धित व्यक्तिलाई आप्रवासी वा शरणार्थी भनेर छुट्याउनुपर्ने बताए । आजै, मन्त्री डा. महत जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठकमा पनि सहभागी भए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अल्पविकसित, भूपरिवेष्टित विकासोन्मुख तथा टापू राष्ट्रहरुले संयुक्तरुपमा आयोजना गरेको उक्त बैठकमा उनले मौसम परिवर्तनका कारण उत्पन्न चुनौतीको सामना गर्न आन्तरिक स्रोत र साधनले नभ्याउने भएकाले त्यसमा अन्तर्राष्ट्रिय सहयोग र साझेदारीको आवश्यकता रहेको बताए। आजै, मन्त्री महतसँग कोलम्बियाका विदेशमन्त्री मारिया एन्जेला होल्गुइन स्विलारले  भेटवार्ता गरे ।

सोमबार न्युयोर्क पुगेका मन्त्री महतलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा  संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायतले स्वागत गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७३  ०७:१०
प्रतिक्रिया दिनुहोस्