site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
जीईबीको तेस्रो सम्मेलन जकार्तामा सम्पन्न, युवाको आधुनिक सोचलाई व्यावसायिक मोडलमा रुपान्तरणको प्रयास

काठमाडौं । ग्लोबल इन्टरप्रेनरसिप बुटक्याम्प, जीईबीको तेस्रो संस्करण ईन्डोनेसियाको राजधानी जकार्तामा सम्पन्न भएको छ ।

उद्यमशिलता विकास, अनुसन्धान एवम् व्यावसायिक विस्तारको लागि विश्वमै उत्कृष्ट मानिएको ग्लोबल इन्टरप्रेनरसीप बुटक्याम्पले युवाहरुको आधुनिक सोचलाई व्यावसायिक मोडेलमा रुपमान्तरण गर्ने एउटा महत्वपूर्ण कोशेढुंगा सावित भएको जीईबीका संस्थापक अध्यक्ष खगेन्द्र आचार्यले जानकारी दिए ।

उनका अनुसार उक्त कार्यक्रममा करिब ३५ भन्दा बढि राष्ट्रबाट १६० भन्दा बढि सहभागीहरुको उपस्थिति थियो । कार्यक्रममा नयाँ विजनेस मोडलको बारेमा ४ दिनसम्म अन्तरक्रिया एवम् छलफल भएको थियो ।

Argakhachi Cement Island Ad

विश्व प्रसिद्ध १७ जना वक्ताहरु सामेल उक्त जीईबीमा उद्यमशिलताको व्यक्तिगत विकास, आधारभुत माध्यम एवम् उद्यमशिलतामा संलग्न व्यक्तिहरुलाई उत्प्रेरणा दिन महत्वपूर्ण विषयहरुको बारेमा छलफल र सुझावहरु दिइएको थियो ।

एमआइटी अमेरिकाका प्रोफेसर राजेश नायर, फोब्र्स ३० अन्डर ३० का मिजानुर रहमान किरोन र लियानिका सारी, सोका विश्वविद्यालय जापानका प्रा.डा. ताकेशी मियाजाकी, वोल्ड ईकोनोमिक फोरमका डा. रिनाड शिउ, जस्ट ईट युकेका अर्बपति अस अलि, सिंगापुर टेलिकम कम्पनीका डाइरेक्टर डोनाल्ड चाँग, ईन्डोनेसियाका अर्बपति आन्ड्रियन लिम र डेबिड शोकासिङ लगायतले महत्वपूर्ण सुझावहरु दिएका थिए ।

४ दिनसम्म सञ्चालित कार्यक्रममा विश्व प्रसिद्ध एन्जल इन्भेष्टरको सहभागितामा करिब १७ वटा नयाँ विजनेस योजनाहरुको प्रस्तुती उपस्थितहरुले गरेका थिए । विश्व उद्यमी सम्मेलनमा उपस्थित सम्पूर्ण सहभागीहरुलाई ग्लोबल इन्टरप्रेनरसीप बुटक्याम्पकी महाप्रवन्धक पार्शु अर्यालले धन्यवाद दिँदै आगामी कार्यक्रम भियतनाममा हुने घोषणा गरिएको थियो ।
\"\"

\"\"

\"\"

\"\"

प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १५:३७
प्रतिक्रिया दिनुहोस्