
काठमाडौं । धरहरा निर्माणका लागि ६ वटा नेपाली निर्माण कम्पनीले आवेदन दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा निर्माणका लागि आव्हान गरेको इ–टेन्डरमा ६ वटा नेपाली कम्पनीले आवेदन दिएका हुन् ।
त्यसैगरी ६ वटै चिनियाँ कम्पनीको पनि आदेवन परेको छ ।
नेपाली र चिनीयाँ कम्पनीको संयुक्त साझेदारीमा निर्माण गर्न लागिएको धरहरा निर्माणका लागि ज्वाइन्ट भेन्चरमा निर्माण गर्ने गरी ६÷६ वटा नेपाली र चिनियाँ कम्पनीको आवेदन परेको सम्पदा संरक्षण , सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाको सहसचिव राजुमान मानन्धरले जानकारी दिए ।
आवेदन दिएका सबै कम्पनीको मूल्याङ्कनपछि सम्बन्धित कम्पनीलाई जानकारी गराएर एक सातापछि इ–टेन्टर खोलिने पनि मानन्धरले बताए । लिफ्टसहितको २२ तले धरहरा निर्माणका लागि प्राधिकरणले आव्हान गरेको इ–टेन्डरको समय बिहीबार सकिएको छ ।
रसुवा, कालिका कन्स्ट्रक्सनले संयुक्त रुपमा दरखास्त हालेका छन् ।
त्यसैगरी आशिष निर्माण, रमण र ब्राउन लगायतका कम्पनीले धरहरा निर्माणका लागि आवेदन दिएका हुन् । प्राधिकरणले असार मसान्तभित्र धरहरा निर्माणका लागि सिलन्यास गर्ने लक्ष्यका साथ दु्रत गतिमा काम अघि बढाएको जनाएको छ ।