site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Global Ime bankGlobal Ime bank
यस्ता छन् ढिलो सुत्नेहरुका लागि विशेष टिप्स 
Dabur Nepal
NIC Asia

बीबीसी । चाँडै र ढिलो सुत्ने मानिसहरुको स्वास्थ्य सम्बन्धि नयाँ अध्ययन शुरु भएको छ । जसको नतिजाले राति जाग्राम बस्नेहरुलाई अप्ठ्यारो पार्न सक्छ । 
अध्ययनले राति अबेरसम्म ब्युँझै रहने व्यक्तिको चाँडै मृत्यु हुने खतरा रहने गरेको देखाएको छ । यसका साथै उनीहरुमा मनोवैज्ञानिक रोग र श्वास सम्बन्धी समस्या पनि देखिन सक्ने प्रमाणित गरेको छ । 
तर के अबेर रातिसम्म जाग्राम बस्नु मानिसहरुका लागि साँच्चै नराम्रो हो ? के यसको मतलब ‘रातका लाटोकोसेरो’ हरुले बानी परिवर्तन गरेर बिहानको गोहोरो बन्नुपर्छ ? 
‘सोशल जेट लेग’ 
कार्यालय जानुपर्ने दिन अलार्मको कर्कश ध्वनी तपाईंलाई ओछ्यानबाट उठाएर अलग गरिदिन्छ । विदाको दिन आउँदासम्म तपार्इं निन्द्राका कारण थाकिसक्नुहुन्छ र अन्य दिनभन्दा बढी सुत्नुहुन्छ । 
यो कुरा सुन्दा सामान्य लाग्छ तर यसले तपाईँलाई पर्याप्त मात्रामा निद्रा नपुगेको संकेत गर्नुका साथै तपाई ‘सोशल जेट लेग’ को शिकार हुनुहुन्छ । 
‘सोशल जेट लेग’ हप्ताभरीका दिनका तुलनामा विदाको दिनमा तपाईको निद्राको अन्तर हो, जब हामीसँग ढिलो सुत्ने र ढिलो उठ्ने ‘सहुलियत’ हुन्छ । ‘सोशल जेट लेग’ जति बढी हुन्छ, स्वास्थ्यमा त्यति नै धेरै समस्या हुन्छ । यसले मुटुको बिरामी र ‘मेटाबालिक’ समस्या हुन सक्छ । 
म्यूनिखको लुडविग–म्याक्समिलन यूनिभर्सिटीका क्रोनोबायोलोजी विषयका प्रोफेसर टिल रोएनबर्गका अनुसार, “यही त्यो चीज हो जसका आधारमा यस्ता अध्ययन बिहान ढिलो उठ्नेहरुका लागि स्वास्थ्यसँग सम्बन्धित खतरा बढी देखाउँछन् । 
स्लीप एण्ड सर्केडियन न्यूरोसाइन्स इन्स्टीट्यूट एण्ड नफील्ड ल्याबोरेट्री अफ आप्थलमोलोजीका प्रमुख रसेल फोस्टरका अनुसार बिहान चाँडै उठ्ने व्यक्तिलाई अबेर रातीसम्म काम गराए ति व्यक्तिमा पनि स्वास्थ्य समस्या देखिन्छ । 
‘यो मानव जीव विज्ञान हो’
त्यसो भए अबेर रातीसम्म जाग्राम बस्नेहरुले के गर्ने ? 
के वीकएण्डमा पाइने आफ्नो अमूल्य लामो निन्द्रा त्याग्नु पर्छ ? 
प्रोफेसर रोएनबर्ग भन्छन्, “यो सबैभन्दा खराब कुरो हुनेछ ।’’
राती अबेरसम्म जाग्राम बस्दा बिरामी उत्पन्न नहुने उनको मान्यता छ । 
उनी भन्छन्, “यदि तपाईं पाँच दिनसम्म थोरै सुत्नु हुन्छ भने तपाई आफ्नो निन्द्राको भर्पाइ गर्नु नै हुनेछ र यस्तो तपाईंसँग समय भएमात्रै गर्न सक्नु हुनेछ ।’’
मानिसको सुत्ने–उठ्ने समय केवल बानी वा अनुशासनको मसला नभएका कारणपनि यस्तो भएको हो । यो हाम्रो ‘बडी क्लक’ मा निर्भर गर्दछ, जसको ५० प्रतिशत भाग हाम्रो जीनले तय गर्ने गर्दछ । 
बाँकी ५० प्रतिशत भाग हाम्रो पर्यावरण र उमेरले तय गर्दछ । मानिस २० वर्षको उमेरमा ढिलो सुत्ने चरममा हुन्छ र उमेर बढ्दै गर्दा हाम्रो ‘बडी क्लक’ पहिलो चरणतर्फ धकेलिँदै जान्छ । 
यूनिभर्सिटी अफ सरेमा क्रोनोबायोलोजीका प्रोफेसर मैल्कम वान शांत्ज भन्छन्, “हामीले यो मानिसकेका छौं कि ढिलोसम्म जाग्राम बस्ने मानिसहरु कुनै कामका हुँदैनन् र अल्छी हुन्छन् । तर यो मानव जीव विज्ञान हो ।’’ 
यही विज्ञानले लाटोकोसेरो र बिहान चिर्बिर गर्ने पंक्षीहरुलाई पनि प्रभावित गर्दछ । 
जानकारहरु मान्छन् कि वीकएण्डमा चाँडै उठ्नुले तपाईंको आफ्नो जेनेटिक प्रवृत्तिहरुबाट मुक्ती पाउन सक्नु हुन्न । बरु यसले तपाईं आफ्नो निन्द्राबाट अझै बढी बञ्चित रहनुहुनेछ । 
मानिसको ‘बडी क्लक’ लाई भ्रमित गर्ने राम्रो तरिका उज्यालोसँग जोडिएको छ । हाम्रो ‘बडी क्लक’ सूर्य उदाउनु र डुब्नुले प्रभावित हुन्छ, तर हामी मध्ये धेरैलाई दिउँसो थोरै सूर्यको प्रकाश र रातमा कृत्रिम प्रकाश बढी मिल्छ । 
यसैले गर्दा हामीलाई चाँडै निद्रा पर्दैन । यो अबेर रातिसम्म जाग्राम बस्ने मानिसहरुको आम समस्या हो, जो पहिलेबाटै आफ्नो जीव विज्ञानमा ‘ढिलो’ को शिकार भइसकेका हुन्छन् ।
बिहान सूर्यको प्रकाश लिएर र रातीमा कृत्रिम प्रकाश (विशेष गरी हाम्रो फोन र ल्यापटपबाट उत्पन्न हुने निलो प्रकाश) बाट आफूलाई जोगाएर हामी आफ्नो ‘बडी क्लक’ लाई चाँडै निन्द्रा बोलाउने तालिम दिन सक्छौं । 
 

https://www.bbc.com/hindi/science-44099692

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५  ०५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro