site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रको विकाससँंग जोडर शिक्षालाई अगाडि बढाउनुपर्छ : प्रधानमन्त्री

चितवन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकाससँंग जोडर शिक्षालाई अगाडि बढाउनुपर्ने बताएका छन् । 

कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको विशेष बैठकलाई आज रामपुरमा सम्बोधन गर्दै उनले भने “ सरकारले उपयोगी शिक्षामा जोड दिन थालेको छ ।” 

प्रधानमन्त्री ओलीले विगतमा विकास, समृद्धि र संस्कृतिको अभिन्न अङ्ग विद्या, ज्ञान, महाविद्यालय र विश्वविद्यालय भएको उल्लेख गर्दै २००७ सालपछि देश नयाँ शिक्षातर्फ उन्मुख भएको र त्यसअघि औपनिवेशिक आवश्यकताको उपनिवेशको बासिन्दालाई कमाउन सिकाउने खालको शिक्षा रहेको धारणा व्यक्त गरे । 

नेपाल कृषि प्रधान देश रहेको र दुई तिहाइ जनसंख्या कृषिमा आधारित भएर पनि खाद्यान्न आयात गर्नु पर्ने अवस्था रहेको बताउँदै उनले अन्न नपुगेरभन्दा पनि खाने बानीको समस्याका कारण अभाव भएको हो भने। 

प्रधानमन्त्री ओलीले उत्पादन र उत्पादकत्व अहिलेको भन्दा चार गुणा बढी बढाउनुपर्नेमा जोड दिदैं “यसका लागि प्रविधि र अनुसन्धानको विकास गरेर खाद्यान्नको परिपूर्ति गर्नुपर्ने आवश्यकता छ भने।” 

बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले दीक्षित भएर जाने विद्यार्थीले राष्ट्र र जनताको हित अनुकूल काम गर्न आवश्यक रहेको बताए। 

बैठकमा प्रस्ताव गरिएको दीक्षित हुने विद्यार्थीको नामावली पारित गरिएको थियो । बैठक प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ओलीको अध्यक्षतामा भएको थियो । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०७५  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro