site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नसर्ने रोगबाट बच्न योग उपयोगी : चिकित्सक, ‘लाइफस्टाइल मेडिसिन’मा जोड

काठमाडौं । बदलिँदो जीवनशैली र खानपानले मानिसहरु नसर्ने रोगबाट पीडित हुँदै गएको चिकित्सकले बताउँदै आएका छन् । उच्च रक्तचाप, क्यान्सर, हृदयघात, मस्तिष्कघात, मिर्गौला खराबी, दम, माइग्रेन, मधुमेह, डिप्रेसन, ढाड दुख्ने, उच्च बोसोपना, अम्लपित्त आदिका बिरामी बढ्दै गएको अस्पतालहरुको तथ्यांकले पनि देखाउँछ । 

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका योग तथा पुनःस्थापना विशेषज्ञ डा. विनोद घिमिरे नसर्ने रोग एउटामात्र कारणले नभई धेरै कारणको संयुक्त प्रभावले हुने बताउँछन् ।  घिमिरे भन्छन्, “अहिलेको जस्तो जीवनशैलीमा योग र व्यायाम आवश्यक पर्छ ।” योगमा आधारित जीवनशैलीले नसर्ने रोगको जोखिम कम हुने उनी बताउँछन् । “यौगिक परामर्श, आसन, प्राणायाम, ध्यान, स्वस्थकर भोजन, तनाव व्यवस्थापन गर्न सके नसर्ने रोगको जोखिम कम गर्न सकिन्छ,” घिमिरेले भने । विकसित देशमा योगमा आधारित जीवनशैली परिवर्तनलाई मिलाएर ‘लाइफस्टाइल मेडिसिन’ भन्ने छुट्टै विधाको समेत विकास भएको उनले बताए । 

अर्बुद रोग विशेषज्ञ डा. सन्ध्या चापागाईं शारीरिक व्यायामको कमी, अस्वस्थकर खानपान, तनाव, जाँडरक्सी सेवन, धुम्रपान आदि नसर्ने रोगको मुख्य कारक रहेको बताउँछिन् । उनी भन्छिन्, “नसर्ने रोगहरु बिनाऔषधि तथा बिनाशल्यक्रिया नियन्त्रणमात्र होइन, निर्मूल नै पार्न सकिन्छ ।” 

मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईका अनुसार मानिसको जीवनशैलीमा आएको परिवर्तन, गुलियो, चिल्लो तथा अत्यधिक कार्बोहाइड्रेटयुक्त खानेकुरा, मोटोपना आदिका कारण मधुमेह र उच्च रक्तचापका बिरामी बढ्दै गएका छन् । 

आयुर्वेद चिकित्सक डा .सुमन खनाल योगभित्रका आसन, प्राणायाम, ध्यान, क्रिया, भजनकीर्तन, नृत्य आदि गर्दा नसर्ने रोगको नियन्त्रणमा सहयोग पुग्ने बताउँछन् । “नसर्ने रोगको जरो नै  तनाव हो । हामीले आफ्नो दिनचर्यालाई सन्तुलित बनाउन समयमा सुत्ने र उठ्ने गर्नु आवश्यक छ र तनाव त लिनै हुँदैन,” उनी भन्छन् । 

पछिल्लो समय योग र साधनाले मानिसलाई रोगको जोखिमबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै यसलाई प्राथमिकतामा राख्न थालिएको आयुर्वेद चिकित्सकहरुले बताउने गरेका छन्  ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ १, २०७४  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro