site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रपतिबाट रक्षाबन्धन ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा शनिबार (साउन २४) वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै) एवं रक्षाबन्धन ग्रहण गरेका छन् ।

राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट निर्धारित साइतमा वैदिक रक्षाबन्धन ग्रहण गरेका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलसँगै आफन्तजनले रक्षाबन्धन ग्रहण गरे । रासस

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १४:२५
प्रतिक्रिया दिनुहोस्