site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हमासले इजरायली बन्धकलाई भोकै राखेको आरोप

काठमाडौं । हमासमाथि इजरायली बन्धकलाई भोकै राखेको आरोप लागेको छ । गाजामा बन्दी बनाइएका एब्याटर डेभिडको परिवारले प्रचार अभियान ‘प्रोपोगान्डा’को हिस्साको रूपमा हमासले उनलाई जानाजानी भोकै राखेको आरोप लगाएको हो ।

हमासले एक भिडियो जारी गरेपछि शनिबार डेभिडको परिवारको बयान आएको हो । भिडियोमा अत्यन्त कमजोर बनेका डेभिडलाई साँघुरो र कंक्रिटले बनेको सुरुङमा देखाइएको छ ।

२४ वर्षीय डेभिडलाई हमासले ७ अक्टोबर २०२३ मा बन्धक बनाएको थियो । त्यसयता उनी अहिलेसम्म हमासको कब्जामा छन् । दक्षिणी इजरायलमा आयोजित एक संगीत समारोहको दौरान डेभिडलाई बन्धक बनाइएको थियो ।

“हामी हाम्रो प्यारो छोरा र भाइ एब्याटर डेभिडलाई गाजामा हमासको सुरुङमा जानाजानी र निन्दनीयरूपमा भोकै मर्न बाध्य भएको देख्न बाध्य छौँ । एक जीवित कंकाल, जसलाई जिउँदै गाडिएको छ,” डेभिडको परिवारले भनेको छ ।

डेभिडको परिवारले इजरायली सरकार र विश्व समुदायसँग ‘एब्याटरलाई बचाउन सम्भव भएसम्म सबै कुरा गर्न’ अनुरोध गरेको छ ।

हमासले जारी गरेको भिडियोमा डेभिडले भनेका छन्, “मैले धेरै दिनदेखि केही खाएको छैन...। मलाई पिउने पानी पनि निकै कठिनाइले मात्र प्राप्त हुन्छ ।”

बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्