
काठमाडौं । हमासले प्यालेस्टाइन सार्वभौम देश नबनेसम्म हतियार नबिसाउने बताएको छ । गाजामा युद्धविरामका लागि भएको वार्तामा इजरायलका प्रमुख मागको जवाफमा हमासले आफ्नो सर्त अघि सारेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकफको टिप्पणीको जवाफमा हमासको प्रतिक्रिया आएको हो । विटकफले हमासले हतियार बिसाउन इच्छा देखाएको बताएका थिए ।
इजरायलले युद्ध समाप्त गर्न र कुनै पनि सम्झौताका लागि हमासले पहिले हतियार बिसाउनुपर्ने सर्त राखेको छ ।
युद्धविराम र बन्धकको रिहाइका लागि इजरायल र हमासबीच अप्रत्यक्षरूपमा चलिरहेको वार्ता गत हप्ता रोकिएको छ । केही दिनअघि अरब देशहरूले हमासलाई हतियार बिसाउन र गाजाको नियन्त्रण छोड्न आग्रह गरेका थिए ।
यसअघि फ्रान्स, क्यानडालगायत केही पश्चिमा देशले प्यालेस्टाइनलाई एक देशको रूपमा मान्यता दिने योजनाको घोषणा गरेका थिए ।
बेलायतले पनि आगामी सेप्टेम्बरसम्म इजरायलले केही सर्त पूरा नगरे प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने बताएको छ ।
बीबीसी हिन्दीबाट ।