
काठमाडौं । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले बर्सेनि प्रदान गर्दै आएको ‘पद्मश्री साहित्य पुरस्कार’का निम्ति उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक गरिएको छ ।
संक्षिप्त सूचीमा छुदेन काविमोको आख्यान ‘उरमाल’, रमेश भुसालको गैरआख्यान ‘छालबाटो’, भवानी खतिवडाको नियात्रासंग्रह ‘प्रणाम सगरमाथा’, सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ र तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ परेका चितवनको रत्ननगरस्थित प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।
“चयन प्रक्रियामा दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तकहरूमध्येबाट पाँच पुस्तकलाई उत्कृष्ट पुस्तक (संक्षिप्त सूची) निर्णायकमण्डलको सिफारिसबमोजिम सार्वजनिक गरेका छौँ । यही सूचीबाट समितिले पद्मश्री साहित्य पुरस्कार चयन गर्नेछ,” लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।