site stats
बाह्रखरी :: Baahrakhari
देश
दोर्दी खोलामा एक युवक बेपत्ता
प्रतीकात्मक तस्बिर ।

लमजुङ । लमजुङस्थित दोर्दी खोलामा पौडी खेल्ने क्रममा बगेर एक युवक बेपत्ता भएका छन् । लमजुङको दोर्दी गाउँपालिका–३ स्थित दोर्दी खोलामा चितवनको कालिका नगरपालिका–१० का १९ वर्षीय उत्तरकुमार प्रजा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहका अनुसार, बेपत्ता युवक सोही स्थान नजिकैको उत्तरदेवी कृषि तथा पशु फार्ममा काम गर्दै आएका थिए । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले स्थानीयको सहयोगमा खोजी गरिरहेको प्रहरीले जनाएको छ । रासस

 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  २१:१६
प्रतिक्रिया दिनुहोस्