site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रोटोन 'इ.एमएएस७' नेपालमा सार्वजनिक, १२ वटा साेरुम र सर्भिस सेन्टर सञ्चालन गर्ने

काठमाडौं । प्रोटोन मलेसिया र जगदम्बा मोटर्सले नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को भविष्यलाई अघि बढाउने संयुक्त प्रतिबद्धता व्यक्त गर्दै  प्रोटोन 'इ.एमएएस७' औपचारिक रूपमा सार्वजनिक गरेका छन् । मलेसियामा विकसित गरिएको यो पहिलो ईभी नेपालमा ल्याइनु ऐतिहासिक कदम भएको कम्पनीले जनाएको छ ।

नोभेम्बर २०१८ देखि जगदम्बा मोटर्स प्रोटोनको आधिकारिक वितरकको रूपमा क्रियाशील छ । ग्रिलीसँग सहकार्यमा तयार भएको प्रोटोन ई.एमएएस७ ले अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र क्षेत्रीय बजारअनुसारका सुविधा उपलब्ध गराएको जानकारी दिइएको छ । यसले असेन क्षेत्रमा ईभी संक्रमणमा अग्रणी बन्ने प्रोटोनको लक्ष्यलाई बल पुर्‍याउने बताइएको छ ।

काठमाडौंमा आयोजित एक समारोहमा प्रोटोनका सीईओ  डा. ली चुनरोंग स्वयं उपस्थित भई उद्घाटन गरेका थिए । प्रोटोन इन्टरनेसनल कर्पोरेसनका सीईओ एडमन्ड लिम मेङ थोङले जगदम्बा मोटर्ससँगको सहकार्यलाई सफलताको आधार भएको बताए । “नेपालमा हाम्रो ध्यान केवल प्रोटोन ब्रान्ड र प्रोटोन ई.एमएएस७ मा छ” उनले भने ।

१४ वर्षभन्दा बढी अनुभवसहित जगदम्बा मोटर्सले नेपालमा प्रोटोनको आधार मजबुत बनाउँदै आएको छ। कम्पनीले २०२५ अन्त्यसम्म १२ वटा साेरुम र सर्भिस सेन्टर सञ्चालन गर्ने लक्ष्य राखेको छ । हाल ३ सञ्चालनमा छन् । साथै, वास्तविक प्रोटोन स्पेयर पार्ट्स, प्रमाणित टेक्निसियन, अत्याधुनिक उपकरण र व्यवस्थित वारेन्टीसहितको विश्वस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

“हाम्रो सहकार्य केवल वितरण साझेदारी मात्र होइन, यो नेपाललाई दिगो गतिशीलताको भविष्यतर्फ अघि बढाउने साझा दृष्टिकोण हो । प्रोटोन ई.एमएएस७ र सेवा सञ्जाल विस्तारसँगै नेपाली ग्राहकलाई भरपर्दो र आकर्षक ईभी अनुभव दिने लक्ष्य राखेका छौँ,” जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने ।  

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  २१:२९
प्रतिक्रिया दिनुहोस्