site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बेलायत, फ्रान्स र जर्मनीले भने– गाजामा युद्ध समाप्त गर्ने समय आइसकेको छ

काठमाडौं । बेलायत, फ्रान्स र जर्मनीले गाजामा भोकमरी र खाद्यान्नको अभावको अवस्थालाई ध्यानमा राख्दै संयुक्त वक्तव्य जारी गरेका छन् ।

वक्तव्यमा तीनवटै देशले हमाससँग बन्धक बनाइएका व्यक्तिहरूको बिनासर्त रिहाइ हुनुपूर्व सबै पक्षहरूलाई तत्काल युद्धविराम गर्न आग्रह गरेका छन् ।

संयुक्त वक्तव्यमा भनिएको छ, “नागरिकहरूको खाना र पानीको आवश्यकता ढिलो नगरी पूरा गर्नुपर्छ ।” 

यी देशहरूले इजरायललाई उसले भोकमरीविरुद्ध कारबाही गर्न संयुक्त राष्ट्रसंघ र मानवीय गैरसरकारी संगठनहरूलाई आफ्नो काम गर्न तत्काल अनुमति दिनुपर्ने आग्रह गरेका छन् । 

वक्तव्यमा अगाडि भनिएको छ, “इजरायलले अन्तर्राष्ट्रिय मानवीय सहायता कानुनअन्तर्गत आफ्ना दायित्वहरू पूरा गर्नुपर्छ ।” 

तीनवटै देशले हमासको निःशस्त्रीकरण अनिवार्य भएको र गाजाको भविष्यमा हमासको कुनै भूमिका हुनु नहुने पनि बताएका छन् ।

उनीहरू ‘गाजाको अर्को चरणको योजना’मा काम गर्न प्रतिबद्ध रहेका बताउँदै जसमा इजरायली सेनाको फिर्ता र हमास नेतृत्वलाई हटाउने विषय समावेश हुने समाचारमा उल्लेख छ । बीबीसी 

 

 

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  ०८:१४
प्रतिक्रिया दिनुहोस्