
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिस्ट आन्दोलन अन्त्यको दिशातर्फ उन्मुख रहेको बताएका छन् । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनबाट लिभरल डेमोक्रेटिक मुभमेन्टतिर भड्किरहेको जिकिर गरे ।
उनले नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिवलाई समेत दुई वर्ष नबित्दै षड्यन्त्र गरेर हटाइएको स्मरण गरे । कम्युनिस्टको जन्मकालमै षड्यन्त्र रहेको टिप्पणी उनको छ । हालसम्म पनि कम्युनिष्टमा षड्यन्त्र गर्नेकुराको अन्त्य हुन नसकेको बताए ।
“षड्यन्त्र त कम्युनिस्ट पार्टीको जन्मकालदेखि नै चल्दै आएको रहेछ । जुन हालसम्म अन्त्य भएको छैन । नेपालमा कम्युनिस्ट आन्दोलन करिब करिब समाप्त भएको अवस्थामा म देख्छु । कम्युनिस्ट आन्दोलनबाट लिभरल डेमोक्रेटिक मुभमेन्टतिर भड्किरहेको देख्छु,” उनले भने ।
अध्यक्ष यादवले एक समय सत्तापक्षमा, प्रतिपक्षमा र जंगलमा समेत कम्य्ुनिस्ट रहेको टिप्पणी गरे । न्युज एजेन्सी नेपाल