site stats
बाह्रखरी :: Baahrakhari
देश
मोरङको गदिया खोलाबाट ३२३ किलो गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनाराबाट नेपाल प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ । बिहीबार राति १ बजे इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले ३२३ किलो ३०० ग्राम गाँजा फेला पारेको हो । 

विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोलाको किनारमा बेवारिसे अवस्थामा रहेको गाँजा फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

गाँजा १० वटा बोरामा राखिएको अवस्थामा भेटिएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्