site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सिरियाले भन्यो– इजरायली बमबारी विजय होइन

काठमाडौं । इजरायलले सिरियाली सेनाको मुख्यालयलाई निसाना बनाएर बुधबार आक्रमण गरेको छ ।

सिरियाका सूचनामन्त्रीले यी आक्रमणहरूको बारेमा भने, "दमास्कसमा इजरायली बमबारी विजय होइन ।"

सूचनामन्त्री हमजा अल–मुस्तफाले इजरायली आक्रमणहरू विजय नभएर आफ्नो सरकारमाथिको आन्तरिक दबाबबाट बच्ने प्रयास भएको बताएका छन् ।

सिरियाली स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा हालसम्म तीनजनाको मृत्यु भएको र ३४ जना घाइते भएको जनाएको छ ।

यसअघि इजरायलका रक्षामन्त्री इजरायल कान्ट्जले भनेका थिए, "चेतावनीको समय सकिएको छ, अब बलियो र पीडादायी आक्रमण गरिनेछ ।"

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने, "हामी हाम्रा ड्रुज भाइहरूलाई बचाउन र सिरियाली शासनको गिरोहलाई नष्ट गर्न काम गरिरहेका छौँ ।"

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  २३:४३
प्रतिक्रिया दिनुहोस्