site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभामा जवाफ दिँदै मन्त्रीहरू
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज (असार ३०) पनि बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्ने गरी बैठक तय गरिएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् ।

त्यसपछि सहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ ।

बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्