site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इजरायलको विरोधमा उत्रिए प्रचण्ड, माधव नेपालसहितका कम्युनिस्ट नेता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)लगायत दलले इजरायलले मध्यपूर्वका मुलुकमाथि हस्तक्षेप गरेको भन्दै त्यसविरुद्ध साझा कार्यक्रम गर्ने निर्णय गरेका छन् ।

शनिबार (असार २१) पेरिसडाँडामा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेकपा (क्रान्तिकारी माओवादी)लगायत दलका नेताहरूको बैठकबाट मध्यपूर्वमा इजरायली हस्तक्षेपको विरोधमा साझा कार्यक्रम गर्ने निर्णय गरिएको माओवादी महासचिव देव गुरुङले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्यालेस्टाइनीमाथिको बर्बरतापूर्ण इजराइली नरसंहारको विरोधमा अभियान नै सञ्चालनका निम्ति संयन्त्र गठन गर्नेसम्मका विषयमा छलफल गरिएको उनले बताए ।

माओवादीसहितका दलहरू इजरायलको विरोधमा उत्रिएको उनले जानकारी दिए । अरू दलसँग पनि छलफल अघि बढाइने उनले बताए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेकपा (मसाल)का महासचिव मोहनविक्रम सिंह, नेकपा (क्रान्तिकारी माओवादी)का कार्यवाहक महासचिव सीपी गजुरेललगायत नेता सहभागी थिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १७:५२
प्रतिक्रिया दिनुहोस्