site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
टाटाको ‘७.७ डिल्स लाइक नेभर बिफोर स्किम’का निम्ति विशेष अवसर कुर्नु नपर्ने

काठमाडौं । टाटा मोटर्सको नेपालका निम्ति एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही असार १९ (आज)देखि २३ गतेसम्म ‘७.७ डिल्स लाइक नेभर बिफोर’ कार्यक्रम सुरु गरेको छ ।

यो कार्यक्रमअन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्रान्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो.ईभी, पन्च.ईभी, नेक्सन के ३.ईभी र कभ.ईभी एक्सचेन्ज तथा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

‘७.७ डिल्स लाइक नेभर बिफोर’ कार्यक्रमअन्तर्गत हरेक टाटा गाडीको खरिदमा जोडीका निम्ति थाइल्यान्ड भ्रमणका साथै एक वर्षको अटोप्लस बिमा, दुई आर्थिक वर्षसम्मको सवारी कर, एसेसोरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्ससहित जडान र एम्बोस्ड नम्बर प्लेटजस्ता सुविधा निःशुल्क रूपमा प्राप्त गर्न सकिनेछ ।

यो अवधिमा नेपालभर रहेका टाटा मोटर्सको शो रुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडी अवलोकन एवं हरेक टेस्ट ड्राइभ, बुकिङ र गाडी मूल्यांकन गर्दा ग्राहकलाई आकर्षक उपहार प्रदान गरिनेछ । एक विजेताले बम्पर पुरस्कारस्वरूप आइफोन १६ जित्ने अवसर समेत पाउनेछन् ।

पाँच दिनसम्म यो कार्यक्रम टाटा मोटर्सका देशभरका अधिकारिक शो रुममा सञ्चालनमा हुनेछ । सिप्रदी ट्रेडिङले विद्युतीय यात्रालाई सहज, सुरक्षित र लाभदायक बनाउने प्रतिबद्धताका साथ ‘७.७ डिल्स लाइक नेभर बिफोर’लाई उपभोक्तामैत्री र मूल्यवर्धित अवसरका रूपमा प्रस्तुत गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्