
काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका र महिला तथा सामाजिक मामिला समितिका बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषयविज्ञहरूसँग छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ ।
महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिका कामकारबाहीका विषयमा छलफल हुनेछ । बैठक बिहान ९ बजे बस्नेछ ।