site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रहरी प्रमुखलाई दर्ज्यानी चिह्न प्रधानमन्त्रीले लगाउने व्यवस्था गर्न प्रस्ताव
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद चन्दा कार्की भण्डारीले प्रहरी प्रमुखलाई दर्ज्यानी चिह्न प्रधानमन्त्रीले लगाइदिने व्यवस्था गर्न प्रस्ताव गरेकी छन् । बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले प्रहरी विधेयकको छलफलमा प्रहरीको मनोबल बढाउनुपर्ने बताइन् ।

“प्रहरी प्रमुखलाई गृहमन्त्रीको उपस्थितिमा दर्ज्यानी चिह्न प्रधानमन्त्रीले लगाउनुपर्छ । यसो गर्दा मनोबल बढ्छ,” उनले भनिन् । हाल प्रहरी प्रमुखलाई गृहमन्त्रालयका सचिवले दर्ज्यानी चिह्न प्रदान गर्दै आएका छन् ।

उनले प्रहरी प्रशासनमा राजनीतिक हस्तक्षेप अस्वीकार्य भएको बताइन् । प्रहरीलाई राजनीति गर्ने माध्यम बनाउन नहुने उनको धारणा छ । 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्