अर्थ व्यवसाय

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला एक हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनचाँदीको नै मूल्य घटेर कारोबार भएको छ ।
आज सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य २० रुपैयाँ घटेर दुई हजार १४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, असार ११, २०८२ ११:११
प्रतिक्रिया दिनुहोस्