site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
खलंगा भेरी अर्धजलाशय आयोजना अघि बढाउँदै विभाग, सवा २६ अर्ब लगानी
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सरकारले प्रस्तावित ९७.४३ मेगावाटको डाँडा गाउँ खलंगा भेरी अर्धजलाशय जलविद्युत् आयोजना अघि बढाउने भएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) तयार भइसकेको छ । वन तथा वातावरण मन्त्रालयले आयोजनाले तयार पारेको ईआईए प्रतिवेदनमा राय मागेको छ । 

प्रस्तावित आयोजना बनाउन २६ अर्ब २४ करोड ५२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाको प्रतिकिलोवाट लागत दुई लाख ५२ हजार रुपैयाँ छ । आयोजनाको इकोनोमिक इन्टरनल रेट अफ रिर्टन १०.९८ प्रतिशत रहेको विद्युत् विकास विभागले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आयोजनाबाट वार्षिक ५२ करोड ३५ लाख युनिट विद्युत् ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाको हेड ८६ मिटर छ । आयोजनाबाट उत्पादन हुने बिजुली १३२ केभी डबल सर्किट प्रसारणलाइन हुँदै नलगाड सबस्टेसनमा जोड्न प्रस्ताव गरिएको छ । 

आयोजनाको जलासय क्षेत्र ६.८७ वर्गकिलोमिटर हुनेछ । डिजाइन डिसचार्ज प्रतिसेकेन्ड १४१ घनमिटर रहने भएको छ । 

आयोजना कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा पर्छ । प्रस्तावित आयोजना ठूली भेरी नदीको उपयोग गरेर बिजुली उत्पादन गर्ने योजना रहेको छ । 

आयोजनको इन्टेक आठवीसकोट नगरपालिका र जाजरकोटको नलगाड नगरपालिकामा र विद्युतगृह भेरी नगरपालिका वडा नम्बर १ मा राख्न प्रस्ताव गरिएको छ । आयोजनाको ओगी आकारको क्रंक्रिट बाँध, अन्डर स्लुइस, इन्टेक, ग्राभेल ट्रयाप, अप्रोच कल्भर्ट, सेटलिङ बेसिन, हेडरस पाइप, सर्ज ट्यांक र सतही प्रकारको विद्युतगृह बन्ने भएको छ । आयोजनाको सुरुङको लम्बाइ ६ किलोमिटर हुनेछ । 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  ०८:१९
प्रतिक्रिया दिनुहोस्