
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थामा सञ्चालित कोष सरकारीमा सार्न हतार गर्न नहुने बताएका छन् । आइतबार (असार १) प्रतिनिधिसभा बैठकमा उनले यो व्यवस्था यसैपालि अनिवार्य गर्न नहुनेमा जोड दिएका हुन् ।
“बैंक तथा वित्तीय संस्थाहरूमा अवकाश कोष खडा गरिएको छ । ती कोषहरू अनिवार्य रूपमा सामाजिक सुरक्षा, नागरिक लगानी कोष या अरूमा अनिवार्य रूपमा जाडिनुपर्छ भनेर प्रस्ताव गरिएको छ । यसलाई अहिलेले नै यसैपालि अनिवार्य नबनाऔँ,” उनले भने ।
डा. महतले यसलाई स्वेच्छिक रूपमा जोडिन दिँदा उपयुक्त हुने बताए । जानैपर्ने भन्ने अनिवार्य व्यवस्थाले समस्या निम्त्याउने उनको भनाइ थियो । “उनीहरूले स्वतन्त्र रूपमा हरेक बैंकमा अवकाश कोष बनाएका छन् । त्यो कोषबाट पनि लगानी भइरहेको छ । अनिवार्य रूपमा कोष विघटन गरेर सरकारी कोषहरूमा जानुपर्ने व्यवस्था अहिले ऐच्छिक गरौँ,” उनले भने ।