site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नजिकका स्कुल ‘मर्ज’ गरेर होस्टेलको व्यवस्था गर्नुपर्छ : पूर्वअर्थमन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नजिकका स्कुललाई ‘मर्ज’ गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार (असार १) प्रतिनिधिसभा बैठकमा उनले अब सरकारी स्कुल मर्ज (गाभ्नु) गर्नु विकल्प नरहेको बताएका हुन् ।

सरकारले विद्यार्थीलाई होस्टेल बनाएर खान र बस्ने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । “विद्यार्थी घटिरहेका छन् । नजिकमा पर्ने स्कुलहरू मर्जरको विकल्प नै छैन,” उनले भने, “अब सरकारले होस्टेलको व्यवस्था गरेर खाने र बस्ने व्यवस्था गरिदिनुपर्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तीन करोड रुपैयाँभन्दा कमका आयोजनामा बजेट नराख्ने भन्ने आफूले बनाएको कार्यविधिलाई कार्यान्वयन गर्न खोजिएको भन्दै उनले धन्यवाद दिए ।

उनले स्रोत निश्चित नभएका चार हजारभन्दा बढी आयोजना कटौती गरिनु पनि सकारात्मक भएको बताए ।

डा. महतले परिमाणमुखी आयोजनामा बजेट खर्च गरिनुपर्नेमा जोड दिए । “यो बजेटले सहायता र ऋणको आपेक्षा गरेअनुसार नआउने देखिन्छ । राजस्वको लक्ष्य घटाइएको छ । तर, यो लक्ष्य भेट्टाउन सरकारले ठूलो गृहकार्य गर्नुपर्छ,” उनले भने ।

सामाजिक सुरक्षा भत्तालाई समय सान्दर्भिक बनाउने कोसिस यो बजेटबाट गरिएको उनले बताए ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्