
काठमाडौं । दक्षिण कोरियाले उत्तर कोरियासँगको सीमाक्षेत्रमा लाउडस्पीकरमार्फत प्रचार प्रसारण रोकेको छ । सोलको रक्षा मन्त्रालयले बुधबार यसबारे जानकारी गराएको हो ।
यो कार्य अन्तर–कोरियाली सम्बन्ध र कोरियाली प्रायद्वीपमा शान्ति पुर्स्थापना गर्ने राष्ट्रपति ली जे–म्युङको प्रतिज्ञा पूरा गर्नका निम्ति एक योजना भएको मन्त्रालयले जनाएको छ ।
सीमाक्षेत्रमा बुधबार दिउँसोदेखि उत्तर कोरियाविरोधी लाउड स्पीकरमार्फत प्रचार रोकिएको थियो । यही जुन ४ मा पदभार ग्रहण गरेका लीले लाउड स्पीकर प्रसारण बन्द गर्ने प्रतिबद्धता जनाएका थिए ।
गत वर्ष जुनमा फोहोर र मलले भरिएको बेलुनहरू उत्तर कोरियाले दक्षिणतर्फ पठाएको बदलामा उक्त प्रचार पुनः सुरु गरिएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल