site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आईएमई हस्पिटालिटीका होटेलहरूमा एससीटी–यूपीआई कार्डमा छुट पाइने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र होटेल ग्रुपहरू आईएमई हस्पिटालिटीबीच एससीटी–यूपीआई कार्डका ग्राहकहरूलाई ग्रुपअन्तर्गतका होटेलमा १५ प्रतिशतसम्मको छुट हुने सम्झौता भएको छ । यस सम्झौतापश्चात् आगामी जुन १ देखि डिसेम्बर ३१ सम्म यो सुविधा प्राप्त गर्न सकिनेछ ।

लाजिम्पाटस्थित होटेल हिमालय र साके एन्ड फेंग तथा पोखरास्थित लेकसाइड रिट्रिटमा एससीटी–यूपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फुड एन्ड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा ग्राहकले १५ प्रतिशत छुट पाउनेछन् । रुम महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुने जानकारी दिइएको छ ।

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आइरहेको छ । यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको कम्पनीको भनाइ छ ।  

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १८:१९
प्रतिक्रिया दिनुहोस्