site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विदेशी लगानी बढ्यो, १० अर्ब ६० करोड भित्रियो

काठमाडौं । नेपालमा वैदेशिक लगानीको अवस्था कमजोर छ । प्रतिबद्धता जनाएको भन्दा कम मात्र विदेशी लगानी भित्रने गरेको छ ।

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढेको छ । समीक्षा अवधिमा १० अर्ब ६० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी) भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Argakhachi Cement Island Ad

अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी सात अर्ब पाँच करोड मात्र भित्रिएको थियो ।

आउँदो आर्थिक वर्षदेखि सरकारले नेपालीलाई पनि विदेशमा लगानी गर्न खुला गर्दै छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्