site stats
बाह्रखरी :: Baahrakhari
विदेश
केरला तटनजिकै जहाजमा लागेको आगो नियन्त्रण बाहिर

काठमाडौं । भारतको केरलाको कोझिकोड तटमा सिंगापुरको झन्डा बोकेको जहाजमा आगो लागेको छ । आगो निभाउन भारतीय तटरक्षक (आईसीजी)ले आफ्ना जहाज र विमानहरू खटाएको छ ।

कोझिकोड तटमा लगभग २० वटा कन्टेनर खसेका छन् । जहाजले के बोकेको थियो र यी कन्टेनरहरूमा के छ भन्ने बारेमा हालसम्म कुनै जानकारी आएको छैन ।

सोमबार बिहान करिब १०:३० बजे वानहाई ५०३ नामक व्यापारिक जहाजमा आगलागी भएको खबर आएको थियो । आईसीजीको डोर्नियर विमानलाई अवस्थाको मूल्यांकन गर्न खटाइएको छ । दुर्घटनाग्रस्त जहाज केरला तटबाट १३० समुद्री माइल उत्तरपश्चिममा थियो । साँझ अबेरसम्म अधिकारीहरूले आगो अझै नियन्त्रण बाहिर रहेको बताए ।

Argakhachi Cement Island Ad

चालक दलका चार सदस्य बेपत्ता
२२ सदस्यीय चालक दलका १८ सदस्य समुद्रमा हाम फालेर उद्धारमा रहेका डुंगामा चढे । तर, चार सदस्य बेपत्ता भएको बताइएको छ । पछि, आईएनएस सुरतमा सवार चालक दलका सदस्यहरू मंगलुरु बन्दरगाहतिर लागे । उनीहरू सोमबार राति अबेर मंगलुरु पुग्ने अपेक्षा गरिएको छ ।

नाम न छाप्ने सर्तमा अधिकारीहरूले बीबीसी हिन्दीलाई बताएअनुसार जहाज पानीमा तैरिरहेको बताइएको छ, तर यो केरला तटतिर गइरहेको छ कि छैन भन्ने निश्चित छैन ।

सामाजिक सञ्जाल एक्समा एक पोस्टमा भारतीय तटरक्षक बलले आईसीजी विमानले स्थलको मूल्यांकन गरेको बताएको छ । विमानले हावामा छाड्न मिल्ने किटहरू खसाल्यो । उद्धारको लागि चार आईसीजी जहाजहरू पठाइएको थियो, भारतीय तटरक्षक बलले भनेको छ ।

नौसेना भाषामा 'हावाबाट छाड्न सकिने' भनेको पानी छुने बित्तिकै खुल्ने लाइफबोटहरू खसाल्नु हो ।

केरलाका मुख्यमन्त्री पिनारायी विजयनले राज्य विपद् व्यवस्थापन प्राधिकरणलाई 'एर्नाकुलम र कोझिकोड जिल्ला संकलकहरूलाई केरला तटमा ल्याइएका जहाजका चालक दलका सदस्यहरूको उपचारको लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् ।

"जहाज हाल डुब्नेवाला छैन," केरला विपद् व्यवस्थापन प्राधिकरणले एक नोटमा भनेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्