site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो १ बजे बस्न तय भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको सांगठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने बताए । 

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुँदै छ । रासस

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ०९:४५
प्रतिक्रिया दिनुहोस्