site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली प्रभावकारी बनाइने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत रहेको पूर्वाधार विकास समितिको शुक्रबारको बैठकमा मन्त्री खड्काले वर्षाका कारण हुने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्वसूचना प्रणालीलाई विशेष प्राथमिकतामा राखेको बताएका हुन् ।

“कम्तीमा वडा तहमा कार्यरत जनप्रतिनिधिलाई बाढी पहिरोबारे पूर्वसूचना सम्प्रेषण गर्न सकियो भने क्षति न्यूनीकरण गर्न सकिन्छ भनेर सरकारले काम गरिरहेको छ,” उनले भने ।

Argakhachi Cement Island Ad

सामान्यभन्दा बढी पानी पर्ने अनुमान यस वर्ष गरिएकाले सोहीअनुसार पूर्वसूचना प्रणालीलाई मजबुद बनाउन सरकार लागिरेहको उनको भनाइ थियो ।

मौसम पूर्वसूचना प्रणालीको बारेमा जल तथा मौसम विज्ञान विभागमार्फत थप जानकारी लिएर अगाडि बढ्नसके क्षति न्यूनीकरणमा सघाउ पुग्ने उनको भनाइ छ ।

ऊर्जामन्त्री खड्काले विद्युत् विद्येयकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेबारे मन्त्रालय लागिरहेको समेत बताए । बजेटको बीचमा विद्येयक ल्याउन सकिए ऊर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने उनको भनाइ थियो ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्