site stats
बाह्रखरी :: Baahrakhari
देश
नारायणी नदीमा फसेका २२ जनाको उद्धार
Argakhachi Cement Island Ad

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सकुशल उद्धार गरिएको छ । 

गिट्टी तथा बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बीच भागको टापुमा फसेका उनीहरूको सशस्त्र प्रहरीको गोताखोर टोलीले सकुशल उद्धार गरेको हो । 

सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको नेतृत्वमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरूलाई बोटको सहायताले उद्धार गरेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ०८:५९
प्रतिक्रिया दिनुहोस्