site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पूर्वअर्थमन्त्री पुन भन्छन्– बजेट आशा जगाउने खालको छैन, निरन्तरतामा सीमित

काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को बजेट आशा जगाउने खालको नभएको टिप्पणी गरेका छन् । बिहीबार (जेठ १५) उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसित उनले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रलाई समग्र चलायमान बनाउने खालको बजेट नरहेको टिप्पणी गरे । यो नियमित बजेटका रूपमा रहेको उनले बताए ।

Argakhachi Cement Island Ad

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका सांसद पुनले गत वर्षको बजेटमा आफूहरूले अर्थतन्त्रका पाँच क्षेत्र भनेर उल्लेख गरेको बताए । यसपालिको बजेट क्षेत्रकेन्द्रित नभएको उनले उल्लेख गरे ।

उनले गत वर्ष सात प्रदेशलाई सात विशेषतामा विकास गर्ने भनिएको स्मरण गरे । हाल त्यसबारे केही उल्लेख नभएको बताए ।

उनले गत वर्ष स्टार्टअपलगायत आईसीटी क्षेत्रलाई विशेष प्राथमिकता दिइएको सुनाए । यसपालि बजेटमा उक्त विषय छरिएर आएको उनले बताए ।

उनले सरकारले विद्युतीय गाडीको करलाई यथावत् राख्नु भने सकारात्मक रहेको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  २०:०९
प्रतिक्रिया दिनुहोस्