site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सरकारले युवालाई २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने

काठमाडौं । सरकारले युवालाई बिनाधितो दुई लाखदेखि २० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार (जेठ १५) संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, सीप परीक्षणको प्रमाणपत्र तथा परियोजना प्रस्तावका आधारमा बिनाधितो दुई लाखदेखि २० लाखसम्म तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने उल्लेख छ ।

Argakhachi Cement Island Ad

राष्ट्रिय युवा परिषद्को समन्वयमा १६ वर्षमाथिका युवालाई निश्चित मापदण्डका आधारमा राष्ट्रिय स्वयंसेवक परिचयपत्र प्रदान गरिनेछ । उनीहरूलाई तालिम तथा प्रशिक्षणबाट योग्य बनाई शिक्षा, स्वास्थ्य, सामाजिक जागरण, वातावरण संरक्षण, विपद्मा उद्धार, राहत र पुनर्स्थापनाका निम्ति परिचालन गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

यस्तै, सरकारले मुलुकको आर्थिक, सामाजिक विकास र सेवा प्रवाहमा युवाको योगदान वृद्धि गर्ने भएको छ । रासस

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १९:२०
प्रतिक्रिया दिनुहोस्