site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मदिरा, वियर, सूर्ति र चुरोटको भन्सार महसुल बढ्यो

काठमाडौं । सरकारले मदिरा, वियर, सूर्ति र चुरोटमा लाग्दै आएको भन्सार महसुल बढाएको छ । बिहीबार संघीय संसदमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत यी वस्तुमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको हो । 

त्यस्तै, अन्तःशुल्क दरमा सामान्य वृद्धि गरेको पौडेलले बताए । स्वास्थ्य जोखिम करको दायरा विस्तार गरिएको छ । 

Argakhachi Cement Island Ad

विद्युतीय विजक प्रणालीमा करदाताको आबद्धता बढाउँदै केन्द्रीय विजक अनुगमन प्रणलीको दायरा फराकिलो बनाइने पनि अर्थमन्त्री पौडेलले बताए । 

कर छुट, सहुलियत तथा सुविधालाई समायानुकूल परिमार्जन गरी कर खर्च प्रणालीलाई औचित्यपूर्ण बनाइने पनि बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:४७
प्रतिक्रिया दिनुहोस्