site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बजेटमा जेनजी पुस्ता : स्टार्टअप उद्योगलाई तीन प्रतिशतमा कर्जा
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले जेनजी पुस्तालाई विशेष सम्बोधनसहित आर्थिक वर्ष ०८२/८३को बजेट ल्याएको छ । रोजगारी खोज्ने होइन, रोजगारी दिने युवा बनाउन जेनजी पुस्तालाई स्टार्टअप उद्यममा लगाउनेगरी बजेटमा कार्यक्रम राखिएको हो । 

“काम खोज्ने होइन, काम दिने युवाका संख्या वृद्धि गर्न नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमशिलता वृद्धि गरिनेछ । जेनजी पुस्तालाई उद्यमशील र व्यावसायिक बनाउन सरकार, विश्वविद्यालय र निजी क्षेत्रको सहकार्यमा इन्कुभेसन सेन्टर निर्माण गरिनेछ,” अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै भनेका छन्, “स्टार्टअप उद्यमीलाई सिप विकास, व्यवसाय विस्तार र बजारीकरणको मूल्य शृंखलामा आबद्ध गर्न सहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गरेको छु ।” 

उनले सहुलियतपूर्ण कर्जा कार्यक्रमका लागि तीन प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन ७३ करोड विनियोज गरेको जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्