राजनीति
राजावादीले सात ठाउँबाट र्याली निकाल्ने

काठमाडौं । राजावादीले सात ठाउँबाट र्याली निकाल्ने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठका अनुसार रत्नपार्कमा दिउँसाे २ बजेदेखि हुने कार्यक्रमका लागि सात ठाउँबाट र्याली निकालिनेछ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको र्याली १ः१५ बजे मैतीदेवीबाट रत्नपार्कतर्फ अघि बढ्ने उनले बताए ।
आजै सत्तारुढ नेकपा (एमाले)ले गणतन्त्र दिवसका अवसरमा झाँकीसहितको र्याली तय भएकाले राजावादीको कार्यक्रम २ बजेपछि मात्रै हुन लागेको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १३:१९
प्रतिक्रिया दिनुहोस्