
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १७.४४ अंकले बढेको छ । नेप्से परिसूचक ०.६५ प्रतिशतले बढेर २,६९३.०६ विन्दुमा बन्द भएको छ ।
नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । आज कारोबार रकम दुई अर्ब पाँच करोड रुपैयाँले बढेको छ । यसदिन, आठ अर्ब ५८ करोड ६० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार ६ अर्ब ५२ करोड ७८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज १४८ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ९७ कम्पनीको सेयर मूल्य घटेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयर मूल्य स्थिर छ ।
आज ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक घटेको छ ।
वाणिज्य बैंक र विकास बैंक समूहको परिसूचक सर्वाधिक बढेको छ । वाणिज्य बैंक समूहको परिसूचक १.८८ प्रतिशतले बढेको छ । विकास बैंक समूहको परिसूचक १.२९ प्रतिशत बढेको छ ।