site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : गणेश पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् । बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँगको कुराकानीमा सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा मन्त्री जोडिएकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

उनले अख्तियारले स्वतन्त्ररूपमा अनुसन्धान गर्न नपाउने आशंका उत्पन्न भएकाले गृहमन्त्री राजीनामा मागेको बताए । अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गर्नुपर्ने आफूहरूको बटमलाइन भएको उनको भनाइ छ ।

Argakhachi Cement Island Ad

सांसद पराजुलीले प्रतिनिधिसभामा सभामुखको भूमिकाप्रति समेत आपत्ति जनाए । सत्तापक्ष सांसद वा गृहमन्त्रीलाई बोल्न दिने भएमात्रै प्रतिपक्षीलाई बोल्न नदिने भन्दै सभामुखले बार्गेनिङ गरेको उनले बताए ।

सांसद पराजुलीले आफूहरूको माग सम्बोधन नभएसम्म सदन चल्न नदिने जिकिर गरे ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्